काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संघीय संसदको प्रतिनिधिसभाका लागि प्रमुख सचेतकमा ऐन बहादुर महरलाई नियुक्त गरेको छ।
एमाले संसदीय दलका नेता राम बहादुर थापा मगरले महरलाई उक्त पदमा नियुक्त गरेका हुन्। नियुक्तिको पत्रअनुसार, यो निर्णय २०८३ वैशाख ११ गतेदेखि लागू हुनेछ र उनले पार्टीको विधान २०७७ बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार निर्वाह गर्ने अपेक्षा गरिएको छ।
