काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको आज हुने भनिएको निर्वाचन स्थगित भएको छ। अब कहिले हुने भन्ने मिति नतोकिएको निर्वाचन समिति सदस्य मुना भुसालले जानकारी दिइन्। दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ।
निर्वाचन समिति सदस्य भुसालका अनुसार समितिमा पुष्पा भुसाल प्रदिप पौडेल गुरुराज घिमिरे निर्वाचन समितिका संयोजक प्रकाश सदस्य भुसाल र अर्का सदस्य राजु कटुवाल छन्। पुष्पा भुसाल कांग्रेसको उपसभापति हुन् भने घिमिरे र पौडेल महामन्त्री हुन्। अब कहिले निर्वाचन हुने या सहमतिमा हुने भन्ने केही बेरमा निर्वाचन समितिले विज्ञप्ति जारी गरेर जानकारी दिइने सदस्य भुसालले जानकारी दिइन्