काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले सिन्धुलीमा हिरासतभित्र मृत्यु भएका दलित युवकका लागि न्यायको माग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टास्टस लेख्दै हिरासतभित्र मृत्यु भएका २२ वर्षीय श्रीकृष्ण विकको लागि न्याय माग गरेकी हुन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्,’एकातिर दलित समुदायसँग क्षमायाचना, अर्कोतिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै दलित नागरिकको शंकास्पद मृत्यु! न्याय देऊ सरकार!’ उनले लेखेकी छन्।
साथसाथै उनी बिहीबार अपरान्ह्रदेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना बसिरहेकी छन्। उनीसँगै रास्वपाका अन्य सासदपनि छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको वैशाख ७ गते साँझ इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमै मृत्यु भएको थियो।