काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन स्थगन गरेका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम अधिवेशन स्थगनका लागि पठाइएको सिफारिसलाई राष्ट्रपति पौडेलले सदर गरेका हुन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सरकारबाट आएको सिफारिसअनुसार नै राष्ट्रपतिले अधिवेशन स्थगनको निर्णय लिएका हुन्। यसअघि राष्ट्रपति पौडेलले सरकारको सिफारिसमै आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै उक्त अधिवेशन हालका लागि स्थगन भएको छ।