काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। पार्टीका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको नेतृत्वमा गठित निर्वाचन समितिले आज (बिहीबार) निर्वाचनको पहिलो नामावली प्रकाशित गरेको छ।
संसदीय दलको नेता चयन गर्नका लागि समितिले शुक्रबार निर्वाचनको मिति तोकेको छ। निर्वाचन तालिका अनुसार पहिलो नामावली प्रकाशनसँगै दलको नेता चयनको औपचारिक प्रक्रिया सुरु भएको हो।

