काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बोलाएका मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले १२ बजेबाट बैठक सुरु भएको हो।
बुधबार मात्रै गृहमन्त्री सुधन गुरुले आफ्नो पदबाट राजीनामा दिएका थिए। सोही घटनाक्रमपछि प्रधानमन्त्री शाहले आज आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
गृहमन्त्रीको राजीनामासँगै रिक्त रहेको गृह मन्त्रालयको जिम्मेवारी हालका लागि प्रधानमन्त्री शाहले आफैँ मातहतमा राखेका छन्। बैठकमा मन्त्रालयको कार्यसम्पादन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बुझिएको छ।