काठमाडौँ । सुदन किराँतीले पार्टी छाडेका छन् । सामाजिक संजालमार्फत प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराएका हुन् । किराँतीले यस अघि प्रलोपाको अध्यक्ष परिषद् सदस्यबाट राजीनामा दिएका थिए ।
यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग एकता गरेपछि किराँतीले पार्टी परित्याग गरी प्रलोपा प्रवेश गरेका थिए।
