काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । रविलाई भेट्न गृहमन्त्री गुरुङ उनको बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए । राजीनामाको दबाबका बीच सुधनले पार्टी सभापति रविलाई भेटेका हुन् ।
विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि गुरुङ विवादमा तानिएका हुन् । विवादमा आएका गृहमन्त्री गुरुङले अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताइसकेका छन् । कतिपयले यो भेटपछि गृहमन्त्री गुरुङकोे राजीनामा आउने बताईएको छ । आजै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।