काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव नजितेका निर्वाचन क्षेत्रमा समानुपातिकतर्फका सांसदलाई जिम्मेवारी दिएको छ । फागुन २१ मा भएको चुनावमा रास्वपाले प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १२५ स्थान जितेको थियो ।
चुनाव हारेका ४० क्षेत्रमा रास्वपाले जिम्मेवारी तोकेको हो ।यसअघि सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रत्यक्ष नजितेका ४० स्थानमा जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । सोही अनुसार केन्द्रीय कार्यालयले आज सूची सार्वजनिक गरेको हो ।