काठमाडौं। पूर्वमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लागु गरेको ‘राइट टु रिकल’ सम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठाएका हुन्।
सामाजिक सञ्जालमा किरातीले पार्टीको वाचापत्रमा उल्लेख गरिएको ‘राइट टु रिकल’ वास्तवमा के हो, कसलाई लागू हुन्छ र कसलाई लागू हुँदैन भन्ने स्पष्ट पार्न माग गरेका छन् । उनले श्रम मन्त्रीका रूपमा नियुक्त भएका दिपककुमार साहलाई ‘सास फेर्ने मौका’ समेत नदिई पदमुक्त गरिएको प्रसंग उठाउँदै उक्त सिद्धान्त व्यवहारमा किन समान रूपमा लागू नभएको भन्दै प्रश्न गरेका हुन्।
किरातीले थप स्पष्टता र पारदर्शिताका लागि सम्बन्धित पक्षसँग छानबिनको माग समेत गरेका छन् । पुरानो र नयाँमा के भिन्नता ? भन्दै उनले राजनीतिक संस्कार र नैतिकताको प्रश्न उठाएका छन् ।
