काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति अन्तर्गतको बैठक आज (मंगलबार) बस्ने तय भएको छ। यो समिति राष्ट्रिय सभा अन्तर्गत पर्छ।
बैठक सिंहदरबारमा मध्यान्ह साढे १२ बजे आयोजना गरिनेछ। उक्त बैठकमा नयाँ संसद् भवन तथा ग्यालरीसहितको बैठक भवनको निर्माण अवस्थाबारे सहरी विकास तथा भवन निर्माण विभाग सँग विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।