काठमाडौँ । प्रतिनिधिसभाको नवनिर्वाचित सभामुख डोल प्रसाद (डिपी) अर्यालको पद तथा गोपनीयताको शपथ ग्रहण आगामी आइतबार हुने भएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुरसार अर्यालको आइतबार दिउँसो २ः३० बजे पद तथा गोपनियताको शपथ कार्यक्रम रहेको जनाएको छ ।
राष्ट्रपतिको कार्यालयले संसद् सचिवालयलाई पत्र पठाउँदै शपथ ग्रहणको कार्यक्रम तय गरेको हो ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनिर्वाचित सभामुख अर्यालले शपथ लिने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिको कार्यालयका सचिव महादेव पन्थद्वारा हस्ताक्षरित पत्रमा उक्त समारोहमा उपस्थितिका लागि संघीय संसद्का महासचिव, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरू र संसद् सचिवालयका सचिवहरूलाई समेत निमन्त्रणा गरिएको छ ।
हालै सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याल आजै शुक्रबार सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन ।
याे पनि पढ्नुहाेस
डीपी अर्याल सभामुखमा निर्विरोध चयन
डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता
