काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुखमा निर्विरोध चयन भएका छन् । नेकपा एमालेले उम्मेदवारी नदिने भएपछि रास्वपाका अर्याल निर्विरोध चयन भएका हुन् ।
शुक्रबार उनले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो । संसदमा रास्वपाको एकल बहुमत रहेको हुँदा अर्याल सभामुख बन्ने निश्चित थियो । सभामुख निर्वाचनमा कांग्रेस र नेकपाले उम्मेदवारी नदिने निर्णय गरेका थिए ।