काठमाडौँ । वर्षा ऋतुमा छाला स्वास्थ्य र सौन्दर्य कायम राख्न विशेष ध्यान दिन आवश्यक हुन्छ। पानी, ओसिलो वातावरण र घामको मिश्रणले छालामा विभिन्न समस्या ल्याउन सक्छ, जस्तै मुहारमा फोका, घाउ, खटिरा, ड्राइनेस र संक्रमण। यी समस्या नआउँदासम्म तलका उपायहरू अपनाउन सकिन्छ।
नियमित सरसफाईः बर्षामा छाला सफा राख्न विशेष ध्यान दिनुहोस्। अनुहार, हात र खुट्टाको सफाईमा ध्यान दिनुहोस्। दिनमा कम्तीमा दुईपटक राम्रो फेसवास प्रयोग गरी अनुहार सफा गर्नु लाभदायक हुन्छ।
टोनिङको अभ्यासः वर्षामा छालाका रोमछिद्र बन्द हुने भएकाले छालामा मुसा, फोका वा खटिरा देखिन सक्छ। यसबाट बच्न कुनै राम्रो एन्टि–ब्याक्टेरियल टोनर प्रयोग गर्नुहोस्। टोनरको विकल्पको रूपमा गुलाबजल पनि प्रयोग गर्न सकिन्छ।
मोश्चराइजेशनः पानीमा पटक–पटक भीन्जँदा छाला ड्राइ हुन सक्छ। यसका लागि आयल–फ्रि मोश्चराइजर लगाउनु लाभदायक हुन्छ। मोश्चराइजेशनले छालालाई पोषण दिने र ताजगी कायम राख्ने काम गर्छ।
छाला ओसिलो नबनाउनेः वर्षा ऋतुमा वातावरण ओसिलो हुने भएकाले छालामा इन्फेक्सनको जोखिम बढ्छ। आफ्नो छालालाई सम्भव भएसम्म ओसिलो नबनाउनुहोस्।
घामबाट सुरक्षाः पानी परेपछि घामले छालामा चर्को असर पुर्याउन सक्छ। यसबाट बच्न सनस्क्रिन क्रिम प्रयोग गर्नुहोस्। यसले छालालाई घामको हानिकारक अल्ट्राभाइलेट किरणबाट सुरक्षित राख्छ। वर्षाको मौसममा यी सबै उपाय अपनाएर छाला स्वस्थ, चम्किलो र रोगमुक्त राख्न सकिन्छ।