काठमाडौँ । मेवा मिठो फल मात्र नभई स्वास्थ्यका लागि पनि अमूल्य स्रोत हो। गर्मी मौसममा यसको सेवन शरीरलाई ऊर्जावान बनाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र समग्र स्वास्थ्य सुधार गर्ने काम गर्छ। मेवामा भिटामिन ए, पोटासियम, क्याल्सियम र भिटामिन बी पर्याप्त मात्रामा पाइन्छ, जसले पेट, मुटु, आँखाको स्वास्थ्य र छालालाई पनि लाभ पुर्याउँछ।
मेवा सेवनका ८ प्रमुख फाइदा
- सजिलै उपलब्ध र पोषिलो:मेवा बजारमा सहजै पाइन्छ र गाउँघरमा पनि फलाउन सकिन्छ। यसमा भिटामिन बी पनि पर्याप्त मात्रामा पाइन्छ।
- भिटामिन बी र फोलिक एसिडको स्रोत: यसले शरीरमा फोलिक एसिड र भिटामिन बी का विभिन्न रूपहरूको कमी हुन दिँदैन।
- पाचन सुधारमा सहायक:मेवामा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचनसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ।
- रोग प्रतिरोधात्मक क्षमता बढाउँछ: नियमित मेवा सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र विभिन्न रोगसँग लड्न मद्दत गर्छ।
- छाला र कलेजोको स्वास्थ्यमा लाभ: मेवाले कलेजोलाई स्वस्थ राख्छ र छालालाई चम्किलो र स्वस्थ बनाउँछ।
- घाउ छिटो निको पार्न सहयोगी: मेवाको बियाँमा जीवाणु प्रतिरोधी गुण हुन्छ। बियाँ पिँधेर घाउमा लगाउँदा संक्रमण कम हुन्छ र घाउ छिटो निको हुन्छ।
- आँखाको स्वास्थ्य र रगत सफा राख्छ: मेवामा प्रशस्त भिटामिन ए पाइन्छ, जसले आँखा तेजिलो बनाउँछ र रगतलाई सफा राख्न मद्दत गर्छ।
- जन्डिस र कलेजोका बिरामीका लागि लाभदायी: जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्दा फाइदा हुन्छ र यसले कलेजो क्रियाशील राख्न सहयोग गर्छ।
विशेषज्ञहरूले मेवा दैनिक आहारमा समावेश गर्न सल्लाह दिन्छन्। यसले शरीरलाई ऊर्जावान बनाउँछ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउँछ।