काठमाडौँ । गगन थापाले सामाजिक सञ्जाल फेसबुकको बायोबाट पनि आफ्नो पद हटाएका छन् । नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएसँगै उनले फेसबुकको बायोमा राखेको सभापति पद हटाएका हुन् ।
गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सो लगत्तै उनले फेसबुकको बायोमा पनि काँग्रेसको सभापति भनेर लेखेका थिए । तर अहिले उनले उक्त कुरा हटाइसकेका छन् ।
गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको जनाएको छ । तर थापाको राजीनामा औपचारिक रूपमा भने बाहिर आइसकेको छैन् । थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएसँगै त्यसबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक समेत बोलाइएको छ ।