काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् ।
गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै थपाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको जनाएको छ ।
थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएसँगै त्यसबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक समेत बोलाइएको छ ।
थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए ।