अस्वस्थ जीवनशैली र खानपानसँगै मान्छे स्वास्थ्यप्रति लापरवाह बन्दै गएको छ । जसले गर्दा शरीरलाई धेरै रोगहरूको जोखिम बढेको छ । रक्तचाप सामान्य देखिने तर गम्भीर शारीरिक समस्या हो ।
यसलाई धेरै गम्भीर शारीरिक र मानसिक समस्याहरूको प्रमुख कारण भनिन्छ । धेरैजसो मानिसहरूले यसको लक्षणहरू याद नै गर्दैनन् । जसले गर्दा यो धेरैको जीवनमा ‘साइलेन्ट किलर’ बनेको छ ।
नियन्त्रणमा राखिएन भने भने यसले हृदयाघात, स्ट्रोक, मिर्गौला बिग्रने मात्रै होइन अन्य गम्भीर रोगहरू पनि निम्त्याउन सक्छ । तर समयमै परीक्षण र उपयुक्त उपायहरूद्वारा यसलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । उच्च रक्तचापलाई बेवास्ता गर्नु खतरनाक छ किनभने यसले बिस्तारै धमनीहरूलाई क्षति पुर्याउँछ, हृदयाघात, स्ट्रोक र मिर्गाैलासम्बन्धी समस्याहरूको जोखिम बढाउँछ ।
रक्तचाप नियन्त्रण गर्न अपनाउनुस् यी उपायहरू:
१. समयमै औषधिको सेवन
२. दैनिक रक्तचाप जाँच
३. अत्यधिक नुनको सेवनबाट बच्ने
४. पर्याप्त मात्रामा पानीको सेवन
५. नियमित व्यायाम गर्नुहोस्