काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा आयोजन गर्न लागेको चुनावी सभा पनि स्थगित गरेको छ।
फागुन १० गते पोखरामा गर्न लागिएको चुनावी सभा स्थगित गरिएको रास्वपाले जनाएको छ ।
उक्त सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साले सम्बोधन गर्ने तालिका थियो । तर विशेष कारणले त्यहाँको सभा हाललाई स्थगित गरिएको हो ।
यस अघि फागुन ९ गते भैरहवामा हुने परिवर्तन उद्घोष सभा पनि स्थगित गरिसकेको छ ।