काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार रुपन्देहीको भैरहवामा गर्ने भनेको परिवर्तन उद्घोष सभा स्थगित गरेको छ ।
संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापक लगायतका कारणले सभा स्थगित गरेको भनिएको छ ।
रास्वपाले बुधबार धनगढी, बिहीबार सुर्खेतमा सभा गरिसकेको छ ।
