बैतडी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करीब १५० मिटर तल खसेको छ ।
दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का ४० बर्षीय केशवराज जोशी, सोही ठाउँका १३ बर्षीय अशोकराज जोशी, ३५ बर्षीय वसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी, बझाङको केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका ७ का ४० बर्षीय वसन्तराज रतला र बैतडीको पुर्चौंडी नगरपालिका ७ की ४० बर्षीया पुष्पा अवस्थी रहेका छन् ।
यस्तै दुर्घटनामा परि ४५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।