काठमाडौँ। रौतहटमा गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अल्फा खातुन नाम गरेकी बालिका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रसाद बस्यालले बताएका छन् । उनका अनुसार, घटना बिहीबार दिउँसो साढे २ बजे इशनाथ नगरपालिका–३ मठिया टोलको भएको हो ।
रास्वपाको स्टिकर टाँसिएको बा १५ च ४२४४ नम्बरको कारले ती बालिकालाई ठक्कर दिएको थियो । त्यसपछि त्यही कारमा राखेर ती बालिकालाई गौरको सिटी अस्पतालमा लगिएको थियो । त्यहाँबाट प्रादेशिक अस्पतालमा लगिएको थियो । पौने ३ बजे प्रादेशिक अस्पतालमै ती बालिकाको मृत्यु भएको हो ।