काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ सर्वसाधारणका लागि आइतबारदेखि बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा ६ लाख ८९ हजार ६७५ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाइ र ६८ हजार ९६७ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेर गरिसकेको छ ।
दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीका लागि र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । बाँकी पाँच लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
यसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।