काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा अछाममा अचेत भएका दिनेश सिटौलाको फोटो पोष्ट गर्दै अभिनेता रमेश उप्रेतीले फेसबुकमा निशब्द भन्दै फोटो सार्वजनिक गरेका छन् ।
अभिनेता उप्रेतीले निशब्द भन्दै फोटो फेसबुकमा राखेका छन् ।
यता सिटौलाको होस अझै खुलेको छैन् । उनको अवस्था गम्भीर रहेको बुझिएको छ।
बालेनको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका सञ्चारकर्मी दिनेश सिटौलालाई सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो । उनको ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ ।
यता सिटौलाको वास्तविक स्वास्थ्य अवस्था सार्वजनिक गर्न आफन्तले माग गरेका छन् । आज दिउँसो १२ बजे बालेन शाह पनि आफैँ अस्पताल पुगेका थिए । बालेनले अस्पताललाई भोलि विहान ७ बजेसम्म पर्खिन भनेको बुझिएको छ ।
