काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा अछाममा अचेत भएका दिनेश सिटौलाको फोटो पोष्ट गर्दै अभिनेता रमेश उप्रेतीले फेसबुकमा निशब्द भन्दै फोटो सार्वजनिक गरेका छन् ।
अभिनेता उप्रेतीले केही अघि निशब्द भन्दै फोटो फेसबुकमा राखेका छन् । यद्यपि सिटौलाको अवस्था कस्तो छ भनेर बाहिर आईसकेको भने छैन् । बालेनको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका सञ्चारकर्मी दिनेश सिटौलालाई अस्पताल सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो । उनको ग्राण्डी अस्पतालमा उपचार सुरू गरिएको थियो ।
यता सिटौलाको वास्तविक स्वास्थ्य अवस्था सार्वजनिक गर्न आफन्तले माग गरेका छन् । आज दिउँसो १२ बजे बालेन आफैँ अस्पताल पुगेर भोलि विहान ७ बजेसम्म पर्खिन भनेबाहेक अस्पतालले अर्को कुनै खबर गरेको छैन ।
अस्पतालमा उपचारार्थ भर्ना गरिएका बिरामीको अवस्था रास्वपाले दिने होइन भन्दै सिटौलाका आफन्त आक्रोशित भएका हुन् ।
