काठमाडौँ । शिक्षामन्त्री महावीर पुनलेपदबाट राजीनामा दिएका छन् । उनले आफ्नो अभियानलाई निरन्तरता दिन मन्त्री पदबाट राजीनामा दिनुभएको अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत जानकारी दिए ।
महाविर पुनले अब आफ्नो पुरानै अभियानमा राष्ट्रिय आबिष्कार केन्द्रमा फर्कने जनाएको छ । यसैबिच पुनले पाएको सम्पूर्ण अन्तराष्ट्रिय र राष्ट्रिय पदकहरु नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयलाई दान गरेका छन् । यी पदकहरु बेचेर राष्ट्रिय आबिष्कार केन्द्र र बीरगंज कृषि औजार कारखानामा दान गर्ने प्रयास गरेको कुरा सबै लाई थाहा नै होला। तर ४ बर्ष सम्म प्रयास गर्दा पनि कसैले किनेनन् । त्यसैले नेपाल सरकारको सम्पति भयो। ठुलाकोट पोखराको २८ रोपनी जग्गा पनि बेचेर कृषि औजार कारखाना लाई दान गर्न खोज्दैछु । त्यां पनि बिक्री भएको छैन भन्दै पुनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।