काठमाडौं । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने भएका छन् । उनि स्वाभिमान पार्टीबाट उमेदवारी दिन लागेका हुन् ।
यसअघि जनमत पार्टीबाट सप्तरी २ (१)बाट मधेस प्रदेश सांसदमा निर्वाचित भएका सिंह मधेसको मुख्यमन्त्री बनेका थिए । आगामी निर्वाचन भने स्वाभिमान पार्टीबाट लड्ने उनले बताए । ‘प्रतिनिधिसभा चुनावको लागि माघ ६ गते मनोनयन दर्ता स्वाभिमान पार्टीबाट हुनेछ,’ सिंहले फेसबुकमा लेखेका छन् ।