काठमाडौं । नेपाल प्रहरीमा १६ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाको पहिलो नम्बरमा पुष्पराज मल्ल रहेका छन् भने त्यसपछि धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार बिक्रमम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई मोहन बहादुर खाँण रहेका छन् । यस्तै श्यामु अर्याल, भरत लामा, सागर बोहरा,राम कुमार दानी, छेदीलाल कामती,हरि बहादुर ओली,प्रदिप कुमार सिहँ र दिपक भारती रहेका छन् ।

