काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले आगामी निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै गुरुङले फागुन २१ को निर्वाचनमा गोरखा १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन् ।
गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्,‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’
हामी नेपाल नामक एनजीओमार्फत् सामाजिक काम गरिरहेका गुरुङ जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका थिए ।