काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् ।
‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु,’ साम्पाङले लेखेका छन् । २०७९ को चुनावमा स्वतन्त्र उम्मेद्वार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन् ।
०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतले पराजित गरी जनता समाजवादीका नेता अशोककुमार राई सुनसरी १ बाट विजयी भएका थिए।