काठमाडौँ । मोरक्कोमा जारी अफ्रिकी कप अफ नेसन्स फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनल चरणको समीकरण पूरा भएको छ। अन्तिम १६ का अन्तिम दुई खेलमा अल्जेरिया र डिफेन्डिङ च्याम्पियन आइभरीकोस्ट विजयी हुँदै अन्तिम आठमा पुगेका हुन्।
अल्जेरियाले डीआर कंगोलाई १–० गोलअन्तरले पराजित गर्यो। अल्जेरियाको जितमा बोउलबिनाले निर्णायक गोल गरेका थिए। यस्तै अर्को खेलमा आइभरीकोस्टले बुरकानो बासोलाई ३–० ले सहजै पराजित गर्यो। आइभरीकोस्टका लागि अमाड डिआलो, यान डाइमान्डे र ब्लाटी टुरेले एक–एक गोल गरे। अब क्वाटरफाइनलमा आइभरीकोस्टले इजिप्टसँग खेल्नेछ भने मालीले सेनेगलको सामना गर्नेछ। त्यसैगरी क्यामरुन र मोरक्कोबीच तथा अल्जेरियाको पनि क्वाटरफाइनल भिडन्त तय भएको छ।