काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले वृद्धि भएको हो।
आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ रहेको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १९५ रुपैयाँले बढेर ४ हजार ८ सय ८० रुपैयाँ पुगेको छ।