काठमाडौँ । जनमत पार्टीले आफ्नो केन्द्रीय समिति अद्यावधिक गरेको छ। पार्टीबाट राजीनामा दिएका तथा कारबाहीमा परेका नेताहरू बाहिरिएपछि कार्यसमितिलाई अद्यावधिक गरिएको हो।
केन्द्रीय सदस्यमा केही नेताहरू थप गरिएको छ तर पदाधिकारीहरू थपिएका छैनन्।यसअघि पार्टीका उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलगायतका नेताहरूले राजीनामा दिएका थिए भने उपाध्यक्ष ई.दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र सचिव वीपी साहलगायतका नेताहरूलाई कारबाही गरी निकालिएको थियो।
उनीहरूलाई पार्टीको केन्द्रीय समितिको नामावलीबाट हटाएर अद्यावधिक गरिएको छ। जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाका अनुसार अद्यावधिक गरिएका पदाधिकारीहरूको वरियताक्रम यसप्रकार रहेको छ ।
• केन्द्रीय अध्यक्ष: डा. सिके राउत
• उपाध्यक्ष: ई. वसन्त कुशवाहा, ई. नरेन्द्र चौधरी, नरसिंह चौधरी, दान बहादुर चौधरी, डा. जयकान्त राउत
• महासचिव: चन्दन सिंह
• उपमहासचिव: ई. इन्द्रजीत यादव
• सचिव: अनिता मण्डल, अनिता देवी साह, भोपेन्द्र यादव, राधा यादव, संजय यादव, हेमलाता रजक र बाल गोविन्द चौधरी।