काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मंगलबार राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । विघटित प्रतिनिधिसभाका प्रमुख दलहरूसँग प्रधानमन्त्री कार्कीले पहिलोपटक छलफल गर्न लागेकी हुन् ।
आगामी २१ फागुनमा हुने चुनावका सन्दर्भमा दलहरूसँग छलफल हुन लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफल साँझ ४ बजेका लागि तय गरिएको छ ।
आजको छलफलमा प्रमुख सात दल सहभागी हुने बताइएको छ । ती दलले आफ्नो प्रतिनिधि छलफलका लागि पठाउनेछन् । आजको छलफलमा शीर्ष नेताहरू भने सहभागी नहुने बताइएको छ ।