काठमाडौं । जेनजी अगुवा मिराज ढुंगानाले नयाँ दल घोषणा गर्ने जानकारी दिएका छन्। ढुंगानाले शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरेर दल घोषणा गर्ने जानकारी सामाजिक सञ्जालमार्फत जारी गरिएको भिडियोमा दिएका हुन्।
उनका अनुसार प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गरिनेछ।
उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी पनि भिडियोमार्फत गराएका छन्। उनले भनेका छन्, ‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं।’