आज २०८२ साल असोज ३१ गते शुक्रबार। कात्तिक कृष्ण पक्षको एकादशी तिथि। रमा एकादशी व्रत तदनुसार सन् २०२५ अक्टोबर १७ तारिख। आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस परेको छ ।
मेष : दिन सामान्य छ । हरेक कुरामा अवरोध हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिमा घेराबन्दी हुनेछ । व्यापारमा घाटा हुने भएकाले लगानी गर्नु उचित हुन्छ ।
वृष : दिन राम्रो छ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । राजनीतिमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन : दिन राम्रो छ । बोलीको प्रयोग परोपकारमा गर्नु उचित हुन्छ । स्वास्थ्यमा सुधार हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
कर्कट : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । रोगबाट मुक्त हुने योग छ । परिवारबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्ती पाउने देखिन्छ ।
सिंह : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीको साथ मिल्नेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । गुरुको आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुन्छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।
कन्या : दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । स्वास्थ्यमा गरेको लगानीबाट घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । प्रेम सम्बन्धमा मनमुटाब हुनेछ ।
तुला : दिन राम्रो छ । चन्द्रमा उच्च ठाउँमा पुगेकाले आम्दानी बढ्नेछ । स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षा र रोजगारीमा बढुवा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ ।
वृश्चिक : दिन राम्रो छ । सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ । शिक्षाको लगानीले खुशी बनाउने छ । सोचेको काम सहज बन्नेछ । व्यापारमा फाइदा हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।
धनु : दिन सामान्य छ । सोचेको काम नबन्ने जोखिम छ । सञ्चित धन खर्च हुनेछ । आफ्नो मूल्यांकन गर्न नसक्दा स्वास्थ्यमा समस्या हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मकर : दिन सामान्य राम्रो छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।
कुम्भ : दिन राम्रो छ । आज राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । परिवारसँग रमाइलो घुमघाम हुनेछ छ। सञ्चित धन खर्च हुने जोखिम । प्रेम सम्बन्ध सुमधुर बन्ला ।
मीन : दिन सामान्य छ । आफ्नै बोलीका कारण साथी टाढा हुनसक्छन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। मन अशान्त बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।