काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता गर्नको लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । शुक्रबार अध्यक्ष माधव नेपालद्वारा जारी अपानिमा उल्लेख गरिएअनुसार, वरिष्ठ नेता डा. बेदुराम भुसालको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।
टोलीको सदस्यमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला छन् । एकताका लागि ११ बुँदे सैद्धान्तिक आधार तय गरिएको छ ।