काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला २ लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।