काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । मन्त्री गुरुङविरुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण गतिविधि हुन थालेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।
-1757257743.jpg)
सुरक्षा संवेदनशीलताका कारण मन्त्री गुरुङको निवासदेखि कार्यालय आवतजावतसम्म सुरक्षा घेरो बलियो पारिएको छ । सार्वजनिक कार्यक्रममा पनि उनको वरिपरि सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिएको छ ।
-1757257744.jpg)
केही सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङविरुद्ध जनआक्रोश बढेको बताइन्छ ।
-1757257746.jpg)
-1757257745.jpg)
-1757257744.jpg)