काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तर्राष्ट्रिय डिजिटल कम्पनीहरू मेटा (फेसबुक, इन्स्टाग्राम) र युट्युबलाई इमेलमार्फत पत्राचार गरेको छ । उक्त पत्रमा रास्वपाले ति प्लेटफर्म नेपालमा सूचीकरणको स्थितीबारे स्पष्टिकरणको लागि अनुरोध गरेको छ ।
रास्वापाले नेपालमा युट्युब मनोरञ्जनको साधन मात्र नभएर शिक्षा, डिजिटल आविस्कार, उद्यमशिलता, पत्रकारिता तथा रचनात्मक अर्थव्यवस्थाको लागि निकै महत्वपूर्ण भएको उल्लेख गरेको छ । सँगै राष्ट्रिय कानुन र नेपालको सार्वभौमसत्ताको सम्मान सर्वोपरि रहेको उल्लेख गरेको छ । यस सन्दर्भमा रास्वपाले मुख्य तीन बुँदा स्पष्ट पारिदिन आग्रह गरेको छ ।