वीरगञ्ज । वीरगञ्जमा फैलिएको हैजा र झाडापखालाको महामारी मत्थर हुने क्रममा रहेको छ । हैजाबाट निको भई घर फर्किनेको संख्या बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार मंगलबार बेलुकासम्म ९३४ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएकामा ८६२ जना उपचारपछि घर फर्किसकेका छन् । ७२ जना अहिले पनि उपचाररत छन् ।
नयाँ संक्रमित थपिने क्रम पनि जारी छ । हालसम्म १९३ जनामा हैजा पुष्टि भइसकेकोमा १८२ जना घर फर्किसकेका छन् भने अन्य ११ जना उपचाररत छन् ।






