काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा गर्न भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री केहि समय अगाडि काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयलका सहसचिव गेहेन्द्र राजभण्डारी लगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ भदौ ३१ गते हुने भनिएको भारत भ्रमणको एजेन्डा तय गर्न भारतीय विदेश सचिव काठमाडौं आएका हुन्। भ्रमणले दुई देशबीचको उच्चस्तरीय द्विपक्षीय सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ ।