काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने दाबी गरेका छन् ।बुधबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको अन्तर्संवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।
गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताए ।नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो एकता गर्न सहज हुने उनको भनाइ छ ।
उनले स्थायी कमिटी बैठकमा पार्टीमा विभिन्न विषयमा घनिभूत छलफल भएको र पार्टी थप एकताबद्ध भएको जिकिर गरे ।अहिले देशमा बढ्दै गएको राजनीतिक संकटले पार्टी मजबुत बनाउनुपर्ने बेला कोही कसैका विचारलाई निषेध गर्न नहुने उनले बताए ।