धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेको छ। मुख्यमन्त्री कमल बहादुर शाहले मङ्गलवार पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारका मन्त्रीहरूको उपस्थितिमा ३५ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन्।
मुख्यमन्त्री शाहले सरकारको नेतृत्वमा राजनीतिक स्थायित्व कायम गर्दै विकास, सुशासन र पारदर्शितामा उल्लेखनीय प्रगति भएको दाबी गरे। उनले आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा विभिन्न चुनौतीबिच पनि महत्त्वपूर्ण काम सम्पन्न गरिएको बताए।
प्रदेश सरकारले यातायात, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा देखिने परिणाम दिन सफल भएको बताइएको छ। एक वर्षको अवधिमा ३५५ किलोमिटर सडक निर्माण, १६२८ हेक्टरमा सिँचाइ सुविधा थप, १ लाखभन्दा बढी जनसङ्ख्यामा खानेपानी विस्तार, तथा हजारौँले स्वास्थ्य, कृषि र पशुपालन सेवा पाएका छन्। यस्तै, पहिलो पटक साक्षर प्रदेश घोषणा गरिएको, बयलपाटा, लम्कीचुहा र जोगबुडा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढेको, तथा विपद् बीमा कार्यक्रम प्रारम्भ गरिएको छ।
यस्ता छन् मुख्य उपलब्धि
१. एसियाली विकास बैंकले सुदूरपश्चिम प्रदेशको एकीकृत आर्थिक तथा प्रर्यटन विकास सम्बन्धमा अध्ययन सम्पन्न गरी प्रदेश सरकारलाइ प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रतिवेदनमा उल्लेखित पूर्व( सम्भाव्यता तथा सम्भाव्यता अध्ययन समेत गरेको सुदूरपश्चिम प्रदेशको विकासका लागि महत्वपूर्ण पाँच वटा परियोजनाहरुलाई प्रदेशले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनमा लगानीकर्ताका लागि प्रस्तुत गरिनेछ । एसियाली विकास बैंकले लगानी तथा विकास सम्मेलन सफल बनाउन सम्मेलन आयोजनामा लागत साझेदारी तथा अन्य प्रकारका सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत जाहेर गरेको छ।
२. लगानी तथा विकास सम्मेलनलाई सफल पार्न तथा लगानी मैत्री वातावरण निर्माणका लागि नयाँ नीति तथा कानुन निर्माण एवं मौजुदा कानूनहरुको संसोधन, परियोजना पहिचान तथा निर्माण, लगानीकर्ता पहिचान, प्रचार प्रसारका लगायतका कार्यहरु तिब्र रुपमा अगाडी बढिरहेका छन्।
३. सुदूरपश्चिम प्रदेशको प्रथम पञ्चबर्षीय योजनाको चार वर्ष समाप्त भई सकेकोले उपलब्धी समीक्षा गरी राष्ट्रिय सोह्रौं पञ्चवर्षीय योजना, अति कम विकसित मुलुकबाट स्तरोन्नती हुने सम्बन्धी लक्ष्य र विकासका राष्ट्रिय लक्ष्यहरुसँग तादम्यता कायम गर्दै आगामी दोस्रो आवधिक योजनाको आधारपत्र निर्माणका लागि पृष्ठपोषण प्राप्त गर्न सर्वपक्षीय छलफलका कार्यहरु अगाडी बढेको छ।
४. सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयमा ल्याएको साक्षर नेपाल अवधारणापत्रको उपलब्धी स्वरुप प्रदेशका १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९५ प्रतिशत पुगेकोले सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ।
५. सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ को संशोधन र नियमावली, २०८१ जारी गरी प्रदेश निजामती सेवालाई व्यवस्थित गरिएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन)ऐन, २०८१ जारी भई हाल नियमावली तर्जुमाको कार्य भैरहेको छ। प्रदेश सरकारले यस बर्ष कानुन निर्माण तर्फ १८ वटा ऐन नियम, निर्देशिका तथा कार्यविधिहरु जारी गरेको छ।
६. यस सरकारले अनेक चुनौति र कठिनाईको सामना गर्दै आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशको खर्च गर्ने क्षमतामा बृद्धि गर्दै ७०.२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सक्षम भएका छौं । जुन यस प्रदेश सरकारको अहिले सम्मको उच्च उपलब्धी हो।
७. यस सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको विभिन्न ११ वटा सूचकको आधारमा कार्यसम्पादन मूल्याङ्कनबाट सबै प्रदेशहरु मध्ये सबैभन्दा वढी ५१।६ प्रतिशत अंक हासिल गरी हाम्रो प्रदेश पहिलो बनेको छ।
८. चालू आर्थिक वर्षको वजेट तथा कार्यक्रम कार्यान्वयनमा सुधार गर्दै स्थानीय तहमा वित्तिय हस्तान्तरणको परिमाण बृद्धि गर्दै लगिएको छ । आर्थिक वर्षमा २०८०१८१ मा ८.०२५ वित्तीय हस्तान्तरण भएकोमा आर्थिक वर्ष २०८/८२ मा ११.९८५ पुगेको छ।
९. काठमाडौंमा सम्पन्न राष्ट्रिय समन्वय परिषद्को वैठक, विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् वैठक, राष्ट्रिय विकास समस्या समाधान समितिको वैठकमा अर्थपूर्ण सहभागिता जनाउँदै प्रदेशका विशिष्टताहरु र विकासका आवश्यकताहरु प्रभावकारी ढंगले उठाईएका छन्।
१०. भौतिक पूर्वाधारविकासका क्षेत्रमा यो एक बर्षको अवधिमा प्रदेश सरकारबाट १०६ कि.मि.कालोपत्रे, १०३ कि.मि. ग्राभेल र १४६ कि.मि.कच्ची सडक गरी ३५५ कि.मि.सडक निर्माण सम्पन्न भएको छ।
११. सतही,भूमिगत र नयाँ प्रविधिमा आधारित सिंचाई प्रणालीबाट १६२८ हेक्टर जमिनमा सिंचाई सुविधा थप गरिएको र मर्मत कार्यबाट १३,९४७ हेक्टर जमिनको सिंचाई सुविधालाई पुनःस्थापना गरिएको छ।
१२. बाढीबाट बस्ती तथा खेतियोग्य भूमि जोगाउन यस बर्ष २७ कि.मि. तटबन्ध निर्माण र २७ हेक्टर जग्गा नदि उकासबाट प्राप्त भएको छ।
१३.खानेपानीका ८४१ इन्टेक जडान, ५१६ पोखरी निर्माण, २,१३३ कि।मि। पाइपलाईन जडान गरी ११,९३९ निजी धारा जडान सम्पन्न भएको छ। यस प्रदेश भित्र वि.सं.२०८२ असार मसान्तसम्म खानेपानी सुविधा थप १,०३,५२४ जनसंख्यामा विस्तार गरिएको छ।
१४. अन्तराष्ट्रिय विकास संस्था (आइडिए) र नेपाल सरकार विच भएको खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजना संचालन गर्ने सम्बन्धी सम्झौता अनुसार कैलालीको जानकी,बर्दगोरीया र जोशीपुर गाउँपालिका साथै डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा आयोजना सञ्चालन गर्ने गरी नेपाल सरकार खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारबीच लागत साझेदारीमा रु।१३ अर्व ३८ करोड ७० लाख रकम बरावरको आयोजना सञ्चालनका लागि समझदारीपत्र ९ःयग्०मा हस्ताक्षर भई आयोजनाको काम सुरुवातगरीएको छ।
१५.एक बर्षमा यस प्रदेशमा १४,७३२ सवारी साधन दर्ता भई कूल २,२१,४६४ पुगेको र पछिल्लोएक बर्षमा १८,५४५ नयाँ सवारी चालक अनुमति पत्र जारी र १९,३९९ सवारी चालक अनुमतिपत्र नवीकरण भएका छन्।
१६.नेपाल सरकाबाटस्विकृती प्राप्तगरी अछामको बयलपाटा अस्पताल, कैलालीमा अवस्थित लम्कीचुहा अस्पताल र डडेलधुरामा अवस्थित जोगबुडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नती र संचालन गर्ने प्रकृया अघि बढाईएको छ। यसका लागि केही कानूनी पूर्वाधार समेत तयार भैसकेको छ।
१७. राजश्वको दायरा विस्तार गर्दै राज्यको मुख्य आम्दानीको रुपमा रहेको राजस्व संङ्कलन र परिचालनमा सहयोग पुग्ने गरी आवश्यक नीतिगत र कानूनी व्यवस्था गरिएको छ । राजस्व बृद्धिका लागि थप सुधार गर्नुपर्ने विषयमा समेत अध्ययन कार्य भइरहेको छ।
१८. मानवपुँजी समृद्धिको सबैभन्दा महत्वपूर्ण आधार हो भन्ने मान्यतामा आधारित भई सुदूरपश्चिम प्रदेश सरकारले
महिला, बालबालिका तथा जेष्ठ नागरिक दशक (२०८२/२०९२) घोषणा गरिएको छ। यसको अवधारणा पत्र
निर्माणको चरणमा रहेको छ।
१९. लागू औषधको दुर्व्यसन र साइवर सुरक्षा सम्बन्धी अभियान कार्यक्रम तर्जुमा गरी युवापुस्ताको भविष्य सुरक्षित गर्न प्रहरी, स्थानीय तह तथा गै.स.स.सँगको सहकार्यमा विद्यालय तथा समुदायमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।यसले किशोरअवस्थाका बालबालिकाहरुलाई लागूऔषध ओसारपसार तथा सेवनबाट टाढाराख्न मद्दत गरेको छ ।
२०.निजी र सहकारी क्षेत्रका साथै प्रदेशमा कार्यक्षेत्र भएका विकास साझेदारहरूसँगको सहकार्य र समन्वयलाई प्रभावकारी बनाउन प्रदेशको विकास साझेदारहरुसँगको समन्वय तथा साझेदारीको साझा खाकाको मस्यौदा तयार गर्ने कार्य अघि बढेको छ।
२१. विपदमा पूर्वतयारी तथा प्रतिकार्य योजना, उद्धार तथा राहत वितरण, मानवीय सहायता लगायतका विपद् व्यवस्थापन सम्बन्धी कार्यमा निजी क्षेत्र, समुदाय, सहकारी संस्था र विकास साझेदारको सहयोगलाई परिचालन गर्ने प्रावधान मिलाइएको छ। प्रदेश सरकार जनताको सुख दुखमा रहेको भन्ने आभाष गराउदै वझाङमा भएको अविरल वर्षाका कारण मृतक ४ जनाका परिवार, अछामको बान्नीगढी-जयगढी र साफेवगर साथै बाजुराको बाम्का बजारमा भएको आगलागीमा राहत उपलब्धगराइएको छ। चालू वर्षबाट प्रदेशका सबै नागरिकको सुरक्षाका निमित्त विपद् बीमा कार्यक्रम अगाडी बढाउन बजेट विनियोजन गरीएको छ।
२२.राज्यको चौथों अंगको रुपमा रहेको आमसञ्चार जगतर सरकारबीच सु-सम्बन्ध कायम राख्दै एक अर्कामा सहयोग र सद्भाव मार्फत पारदर्शिता र उत्तरदायित्वलाई प्रवर्द्धन गर्न साझेदारीका कार्यक्रमहरु सञ्चालन गरिएका छन् । सरकारको सम्वन्धलाई अझ प्रगाढ वनाउन आमसंचार निति ल्याउने कार्य अन्तिम चरणमा रहेको छ। प्रदेश लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि, २०८१ जारी गरी कार्यान्वयनमा ल्याईएको छ।
२३. समग्र सरकारको वित्तीय उत्तरदायित्व प्रवर्द्धन गर्न लेखा प्रणालीमा देखिएको समस्याहरुलाई समाधान गर्दै बेरुजुलाई न्यूनीकरण गर्नका लागि संरचनागत पहल गरिएको छ।
२४. कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वलाई टेवा पुर्याउन कृषि कर्जा अनुदान मार्फत १५१ जना कृषकहरुलाई रु ९७ लाख ४९१ रकम उपलब्ध गराइएको छ। यस कार्यक्रमबाट प्रेरित भई व्यावसायिक कृषकहरुबाट रु २३ करोड ४७ लाख ३२ हजार थप लगानी भएको छ।
२५. कृषिको आधुनिकीकरण गर्ने प्रयत्न स्वरुप प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत १,५४७ साना सिंचाई योजना सम्पन्न गरी ३७८ हेक्टर जग्गामा थप सिंचाइ सुविधा पुर्याएको, प्रविधि हस्तान्तरण तर्फ साना र ठूला गरी विभिन्न किसिमका ९८८ मेशिन तथा उपकरणहरु कृषकलाई वितरण गरिएको छ।
२६. यस बर्षमा १६,२९,२२८ बाख्रा, गाई र भैसीमा कृतिम गर्भाधान र १ लाख ३२ हजार ७५३ पशु पन्छीलाई उपचार सेवा प्रदान गरिएको र २ लाख ६७ हजार पशुचौपायालाई खोप सेवा र ४८ हजार लम्पी स्किन रोग विरुद्धको खोप लगाउने कार्य सम्पन्न गरिएको छ।
२७.संघीय सरकारसँग समन्वय गरी कञ्चनपुरको दोधारा चाँदनीको विशेष आर्थिक क्षेत्र निर्माणको कार्य प्रारम्भ भएको, डुडेझाडी औद्योगिक क्षेत्रलाई प्रादेशिक औद्योगिक क्षेत्रको रूपमा विकास गर्न संघीय मन्त्रालयसँग समन्वय गरी वातावरणीय अध्ययन अगाडी बढेको छ। प्रदेशभित्र स्थापना हुने करिव २८ वटा उद्योगको प्रारम्भिक वातावरणीय मुल्याङ्कन प्रतिवेदन स्वीकृत गरिएकोछ।
२८.करिव १४ लाख ४७ हजार विरूवा उत्पादन गरी करिव १२२ हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ। १९ वटा वन समुदायमा हस्तान्तरण, ९ वटा सिमसार क्षेत्र संरक्षण, ३५ हेक्टर वनक्षेत्रमा जडिवुटीको खेती विस्तार,१६ लाख घनमिटर काठ उत्पादन गरिएकोर जसमध्ये गरी ३९ हजार ४८४ घनमिटर काठ स्थानीय जनतालाई वितरण गरिएको छ । वन क्षेत्रबाट १ लाख ७४ हजार श्रमदिन रोजगारी श्रृजना भएको छ।
२९. यस प्रदेशबाट एक बर्षको अविधमा २१ लाख ३२ हजार के.जि. जडिबुटी, ४० लाख ४० हजार के.जि. खोटो उत्पादन तथा विक्रि भएको छ जसबाट रु. २४ लाख भन्दा बढी राजश्व संकलन गरिएको छ।
३०. वन्यजन्तु मानव द्वन्द्वबाट पिडित ४५६ जना ब्यक्ति तथा निजका परिवारलाई रु १ करोड २९ लाख रकम राहत स्वरुप वितरण गरिएको छ।
३१. बझाङ्ग र बाजुरा जिल्लामा ५ वर्षको लागी करिब ३० मिलिएन अमेरिकी डलर बराबरको “जलवायु उत्थानशिल भू-परिधि तथा जीविकोपार्जन आयोजना” कार्यान्वयनका लागी एसियाली विकास बैंकसँग सम्झौता भई
चालु आर्थिक वर्ष देखि सञ्चालनमा आएको छ।
३२. प्रदेश भित्रमा ३१ वटा स्थानमा धार्मिक मठ मन्दिर निर्माण, ९ वटा ताल र झरना संरक्षण र ९ वटा पर्यटकीय पार्क
निर्माण गरिएको छ । खप्तड पर्यटकीय पदमार्ग स्तरोन्नती, उग्रतारा मन्दिर धर्मशाला निर्माण, अजयमेरू दरवार
संरक्षणको कार्य गरिएको छ।
३३. एक बर्षमा सुदूरपश्चिम प्रदेश भित्र १,९६४ वटा नयाँ उद्योग दर्ता गरिएको, ११० वटा उद्योगहरुको लागि प्रविधि हस्तान्तरण गरिएको, ९५६ जना ब्यक्तिहरुलाई सीप विकास तथा उद्यमशीलता विकास तालिम प्रदान गरिएको छ।
३४. निःशुल्क रक्त संचार सेवा अन्तर्गत १,१८७ जना बिरामीलाई २,१४८ पिन्ट रगत निःशुल्क उपलब्ध गराईएको, करिब १ लाख ४६ हजार ६१२ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच पि भी खोप, एआई प्रविधिद्वारा २२ हजार जनाको क्षयरोगका बिरामीहरुको चेकजाँच परीक्षण, ११ हजार भन्दा बढी महिलाई स्वास्थ्य शिविर मार्फत प्रजनन स्वास्थ्य सम्बन्धी सेवा प्रदान गरिएको, १४ हजार नागरिकमा नसर्ने रोगको स्क्रीनिंग कार्यक्रम सञ्चालन गरिएको र ४,३९७ जनामा सिकलसेल एनिमिया र थालेसिमिया रोग परीक्षण गरिएको छ।
३५. आर्थिक रुपले विपन्न नागरिकको औषधी उपचार सहायता कार्यक्रम अन्तर्गत ६४५ जनालाई उपचार सहायता प्रदान गरिएको छ।