काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
आइतबार पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।
स्थायी कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रनुको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिए आफू पनि आत्मालोचना गर्ने बताएका थिए ।
त्यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले भनेका छन्, ‘अहिले छलफल चलिरहेकै छ । जसले गल्ती गरेको छ त्यसले आत्मालोचना गर्ने कुरा हो ।’