विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलको नयाँ पुस्ता (जेनजी)लाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् ।
कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे ।
बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन जेनजी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे ।