काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाल तानाशाह बन्न खोजेको आरोप लगाएका छन्।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग अध्यक्ष नेपालले पार्टीको निर्णय नमान्ने हो भने छाडेर जान खनाललाई चुनौती दिएका थिए।
नेपालको उक्त अभिव्यक्तिपछि शुक्रबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले अध्यक्ष नेपालको भनाइ अत्यन्तै अशोभनीय, गैर–जिम्मेवार एवं तानाशाही प्रवृत्तिको भएको बताएका हुन्।
उनले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे।
हालै एक टेलिभिजन अन्तर्वार्तामा नेता खनालले नेकपा (एमाले) बाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि अध्यक्ष नेपाल आक्रोशित भएका थिए।