काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूबीच भेटवार्ता जारी रहेको छ। आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुबीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपमहासचिव विष्णु रिमाल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक लगायत छन्।
भेटमा समसामयिक राजनीति, मन्त्रिपरिषद् पुनर्गठनकाबारे छलफल हुने बताइएको छ। एमालेले तत्काल मन्त्री हेरफेर गर्न चाहे पनि कांग्रेसको अनिक्षाले ढिलाइ भइरहेको छ।