हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले दलका नेता परिवर्तन गर्ने भएको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल हुँदा अविश्वासको पक्षमा २२ र विपक्षमा १५ मत परेको हो ।
मुख्य मन्त्रीको पक्षमा १५ मत र उहाँको विपक्षमा २२ मत परेकाले संसदीय दलको नेताबाट उनि बाहिरिभएका छन् । अब संसदीय दलको नेता परिवर्तन भएपछि मुख्यमन्त्रीको पद पनि परिवर्तन हुने सम्भावना छ ।
यसअघि, बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको समेत उपस्थिति थियो । बैठकको सुरुमै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा केन्द्रबाट पठाइएको पत्र पढेर सुनाइएको थियो । त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ ।