काठमाडौँ । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका सिँचाईमन्त्री खड्काले मङ्गलबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । खड्काले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा बुझाएका छन् ।
विविध कारणले आफ्नो जिम्मेवारी बहन गर्न सक्ने अवस्था नरहेकाले राजीनामा दिएको मन्त्री खड्काले बुझाएको राजीनामा पत्रमा उल्लेख छ । नेपाली कांग्रेस संसदीय दलको नेतासमेत रहेका लामाविरुद्ध गत शुक्रबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कांग्रेसबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले यसअघि नै पदमुक्त गरिसकेका छन् ।