काठमार्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन् ।
अमेरिकाको न्युयोर्कमा ग्लोबल नेपालीद्वारा आयोजित एक समारोहकाबीच राष्ट्र निर्माण र जनसेवामा पुर्याएको योगदानको कदर स्वरूप शाही र घिसिङलाई सम्मान प्रदान गरिएको हो । न्युयोर्कमा आयोजना भएको यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
ग्लोबल नेपालीले नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई उच्च कदर गर्दै आएको छ। अवार्ड ग्रहणपछि शाहीले भने, ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश-विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो । यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु।’ कुलमान घिसिङले पनि अवार्डका आभार व्यक्त गरेका छन् ।
